- 15Shares
काठमाडौँ -राष्ट्रिय उपभोक्ता मञ्चको १६ औँ साधारण सभा ,बार्षिक उत्सव तथा अधिवेशन जारी छ । ललितपूरको जावलाखेलमा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व सचिव भरतबहादुरले गर्नुभएको थियो ।
कार्यक्रममा उपभोक्ता मञ्च नेपालका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले मुलुकभर अहिले सम्म १६ प्रतिशत नागरिकलाई मात्र खोप उपलव्ध भएको र खोपमा समेत कालोबजारी हुँदा पनि सरकारको ध्यानाकर्षण हुन नसकेको बताउनुभएको छ ।भारतमा ३० रूपैयाँमा पाइने चिनी नेपालीले १ सय रूपैयाँ तिर्नु पर्ने बाध्यता हटाउन महर्जनले सरकारसँग माग समेत गर्नुभएको छ ।
कोरोनाकालमा महँगी चुलिँदा अघिल्लो सरकारले पनि बेवास्ता गरेको र वर्तमान सरकारले समेत चासो नदिएको उहाँको भनाई छ ।
मञ्चकी ललितपुर जिल्ला महिला समिति अध्यक्ष मिना श्रेष्ठले ललितपुर जिल्लामा अझै धेरै काम गर्न आवश्यक रहेको बताउनु भएको छ ललितपुरमा बजार अनुगमनका लागि पनि मञ्च र सरकारी निकायलाई उहाँले ध्यानाकर्षण समेत गराउनुभयो ।
कार्यक्रको प्रमूख आतिथ्यता पूर्व सचिव भरतबहादुर थापाले गर्नुभएको थियो । उहाँले बजारमा दूध किन्दा सेताे झाेलमात्र पाउने गरेकाे भन्दै जताततै दाेकानमा विष बिक्री भइरहेकाे बताउनुभयाे ।
कार्यक्रममा रत्नरनज पाण्डे,प्रकाश विष्ट, राजेन्द्रमान जोशी लगायत मञ्चका केन्द्र,प्रदेश,र जिल्लाका सदस्यहरु साथै पत्रकार तथा अन्यकाे उपस्थिती रहेको थियो ।