भरतमणि पौडेलले जिते ‘कमेडी च्याम्पियन’ सिजन दुईको उपाधि


hina

  • 3
    Shares

काठमाडौं । कमेडी च्याम्पियन सिजन दुईको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । च्याम्पियन बनेसँगै उनले नगद २५ लाख रुपैंयाँ र एक कार पुरस्कार पाएका छन् ।

त्यस्तै भारत सिक्किमका विक्की अग्रवाल ‘फस्ट रनरअप’ बनेका छन् । उनले टीभीएस अपाचे मोटरसाइकल जितेका छन् ।

गोरखाका सन्तोष थापा ‘सेकेण्ड रनरअप’ बन्दै एक स्कुटर जितेका छन् । उनले प्रहरी, डन, पानीको जार बोक्ने मानिस, म्यान पावर कम्पनीवालादेखि नेपाली टिचरसम्मको सम्झनालायक प्रस्तुति दिएका थिए ।

हाँस्य अभिनेता हरिवंश आचार्यले विजेताको घोषणा गरेका हुन् ।