नेपाल आज ओमानसँग खेल्दै


hina

  • 3
    Shares

काठमाडौं । त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले आज (आइतबार) ओमानसँग प्रतिस्पर्धा गर्दै छ । खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । अल अमिरात क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको घरेलु टोलीको सामना गर्दा नेपाल सहज जित निकाल्ने योजनामा हुनेछ ।

यता, नेपालको प्रशिक्षकका रूपमा वाटमोरको ओमान भ्रमण अन्तिम हुनेछ । र, ओमानविरुद्धको खेल अन्तिम खेल हुनेछ । त्यसैले खेलाडीहरू ओमान भ्रमणको अन्तिम खेलमा सुखद नतिजा निकाल्दै प्रशिक्षकको सुखद बिदाइ गर्न चाहन्छन् ।

ओमान नेपालभन्दा बलियो टोली हो । ओमान लिग–२ को शीर्ष स्थानमा रहेको टिम समेत हो । ओमानले १२ खेलबाट २० अंक जोडेको छ । ओमान आजको खेलमा जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ । नेपाल भने सात खेलबाट ६ अंकसहित छैटौँ स्थानमा छ ।