अधिकारीको नेतृत्वमा संगीत रोयल्टी संकलन समाजकाे नयाँ कार्यसमिति चयन


Nepalkura

  • 1
    Share

काठमाडाैँ – संगीत रोयल्टी संकलन समाज नेपालको १२ औं साधारणसभाबाट संगीतकार सुरेश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । कोरोनाको महामारीको कारणले गर्दा दुई पटकसम्म हुन पुगेको १२ औं साधारणसभाले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति पाएको हो ।

साधारणसभामा उठेका धेरै मुद्दाहरुमाथि छलफल र केही विवादहरुलाई सुल्झाउँदै  रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति चयन भएको हो । संगीतकार महेश खड्काको नेतृत्वमा रहेको कार्यसमिति भंग भएपछि सुरेश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हाे । अधिकारी यसभन्दा अघि पनि ३ कार्यकाल रोयल्टी संकलन समाजको अध्यक्ष पदमा रहेर कार्य गसिसकेका व्यक्ति हुन् ।

समाजको १२ औं साधारणसभाबाट अधिकारीको नेतृत्वमा १० जना सदस्यहरु चयन भएका हुन् । ट कार्यसमितिको पद बाँडफाँड समेत भएको छ । जसअनुसार अधिकारीको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्र शर्मा, महासचिवमा बी.पाण्डेलाई चयन गरिएको छ । त्यस्तै कोषाध्यक्ष पदका लागि संगीतकार वसन्त सापकोटा चयन भएका छन् भने सदस्यहरुमा संगीतकारतर्फ शिरीष देवकोटा, पि एन सापकोटा, रामु खड्का र गीतकार तर्फ सुवास रेग्मी, राजेन्द्र कुमार कार्की, सुजन लम्साल, विमल अधिकारी चयन भएका छन् । नव गठित समितिले संगीतको क्षेत्रलाई अझै उचाईमा पुराउनका लागि रोयल्टी संकलनको काममा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जनाएको छ ।