कुकुरसँगै धेरै समय बिताउने यी युवतीको विवाह कुकुरकै कारण तोडियो


Yukta

उप-सम्पादक

एजेन्सी । बेलावखत संसारमा अचम्मको घटना घटिरहेको हुन्छ । यस्तै भारतमा अनौठो कारणले गर्दा हुन लागेको विवाह समेत रोकिएको छ । कुकुरसँगै धेरै समय बिताउने ती युवतीको विवाह कुकुरकै कारण तोडियो ।

भारतीय मिडियाका अनुसार उनले कुकुरलाई धेरै माया गर्थिन् र प्राय कुकुर सँगै धेरै समय बिताउने गर्थिन् । पछि एकदिन करिश्मा वालिया नाम गरेकी ती युवतीलाई विवाहको लागि प्रस्ताव आयो । युवा राम्रो र आम्दानी पनि राम्रै भएको हुनाले युवतीले पनि सहजै स्वीकार गरिन् ।

विवाहको कुराकानी हुदै गर्दा युवतीले विवाह पछि पनि कुकुर (पपी) लाई आफ्नो साथै लानुपर्ने प्रस्ताव राखिन् । तर युवतीको त्यो कुरा युवालाई चित्त बुझेन । यूवाले जति मनाउन खोजेता पनि यूवती राजी भइनन् अन्तत युवाले हुन लागेको विवाह पनि रद्द गरे ।

यूवाको शर्त यति थियो कि उनीहरुको आफ्नो लव लाइफको बिच कुकुर आउन नहुने । अहिले करिश्माले देखाएको कुकुर प्रतिको मायाको कारण उनी निकै चर्चामा आइरहेकी छिइन् ।