शिल्पाका पति राज कुन्द्रा ५० हजार धरौटीमा रिहा


Yukta

उप-सम्पादक

  • 3
    Shares

काठमाडौं – अश्लील फिल्म निर्माण गरेको आरोपमा पक्राउ परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा धराैटीमा रिहा भएका छन् । उनी सोमबार रिहा भएका हुन् । कुन्द्रा ५० हजार धरौटीमा छुटेको भारतीय मिडियाले जनाएको छ ।

अश्लील भिडियोको छायांकन भारतमा गर्ने र बेलायत पठाउने गरेको खुलासा भइसकेकोपछि यस मुद्दामा राजले चाडै छुट्कारा पाउने सम्भावना कम रहेको थियो ।

उनीसँगै उनका सूचना प्रविधि प्रमुख रियान थोर्पेलाई पनि अदालतले रिहा गरेको बताइएको छ । गत जुलाई १९ मा राज र थोर्पेलाई अश्लील फिल्म बनाएको आरोपमा पक्राउ गरेर अनुसन्धानमा राखिएकाे थियो ।