- 4Shares
काठमाडौं । भोलि (बुधबार) असोज ६ गतेदेखि असोज १० गतेसम्म साहस उर्जा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले कुल ७० लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) म्युचुअल फण्ड र ३ प्रतिशत (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ ।
बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले जनाएको छ ।
यस कम्पनीले साउन २९ गते देखि भदौ ११ गतेसम्म सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कुल ३५ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
यता, बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि ८ करोड रुपियाँ बराबरको साधारण शेयर (आईपीओ)आईपीओ निष्काशन खुला गर्ने भएको छ। उक्त शेयरमा १४ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ८ करोड रुपियाँ बराबरकोे ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।