आईपीएल क्रिकेटमा राजस्थानद्दवारा पञ्जाब पराजित


Nepalkura

  • 7
    Shares

काठमाडौँ -आईपीएल टी(ट्वान्टी क्रिकेटमा राजस्थान रोयलले पन्जाब किङ्सलाई पराजित गरेकाे छ ।

दुबईमा गय राति भएको खेलमा राजस्थानले पन्जाबलाई २ रनको साघुरो अन्तरले हराएको हो ।राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन मात्र बनाएमो थियो ।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि ४ रन आवश्यक भएकोमा बलर कार्तिक त्यागीले १ रन खर्चिएर २ विकेट लिएपछि पन्जाबको हार निश्चित जस्तै भएको थियो ।

पन्जाबका लागि मायांक अग्रवालले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । केएल राहुलले ४९ रन बनाए । यस्तै निकोलस पुरणले ३२ रन जोड्दा एडिन मार्क्रमले अविजित २६ रन बनाए ।राजस्थानका कार्तिकले २ तथा चेतन साकरिया र राहुल टेवाटियाले एक एक विकेट लिएका थिए ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा अलआउट हुँदै १ सय ८५ रन बनाएको थियो । राजस्थानका याशभी जैसवालले ४९ जोड्दा महिपाल लोम्रोरले ४३ रन बनाए भने इभिन लेविसले ३६ रन जोड्दा लियाम लिभिङस्टोनले २५ रन जोडे ।पन्जाबका अर्शदिप सिंह एक्लैले ५ विकेट लिए भने मोहमद शामीले ३ विकेट लिए ।

जितसँगै राजस्थान ८ खेलमा ८ अंकसहित पाँचौं स्थानमा रहन सफल भएको छ । सातौं पन्जाब ९ खेलमा ६ अंकसहित सातौँ स्थानमा रहेको छ ।