कांग्रेस पदाधिकारी बैठक बस्ने


Nepalkura

  • 5
    Shares

काठमाडौं -नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने भएको हो ।

सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको देउवा निकट एक नेताले जानकारी दिएका छन ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेको पनि बताईएको छ । डा.खड्कालाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी रहेको छ ।