- 4Shares
काठमाडौं -राजकुमार क्षेत्री नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक निमित्त महानिर्देशक बनेका छन् ।
१२ औं तहका क्षेत्री प्राधिकरणमा उपमहानिर्देशक थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठताको आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिएको क्षेत्रीले बताएका छन ।
क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्षको सेवा अनुभव छ । उनी २०७४ माघदेखि २०७६ असोजसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक पदमा कार्यरत थिए ।