सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ आज कारोबार ?


Yukta

उप-सम्पादक

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार १ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ६५० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११४० मा कारोबार भएकोमा आज घटेर तोलामा ११६५ कायम गरिएको महासंघले जनाएको छ ।