यसरी गरिन्छ पाटनमा पूर्णचण्डी भुजाः तस्बिरमा हेर्नुहोस


Nepalkura

  • 9
    Shares

काठमाडौँ- यो पूर्णचण्डी भुजा हो, बाेलीचालीमा “पुञ्चली भुजा” पनि भन्ने गरिन्छ ।

 

नेपाल कै प्रमुख तान्त्रिक मन्दिरहरु मध्ये पूर्णचण्डी मन्दिरको नाम  प्रशिद्ध छ। पाटन नगरका धेरै जसो प्राचीन नेवार समुदाय कि कुलदेवी को रूपमा पुजीने देवी, स्वयं श्री करुणामय मच्छिन्द्रनाथका पनि कुलदेवीको रूपमा पुज्ने गरिन्छ ।

 

सोही देवीको अगाडी बाह्र वटा गोलाकार भुजामा बिभिन्न परिकार सहित तान्त्रोक्त विधी द्वारा राखेर राजोपाध्याय ब्राह्मणहरुले तान्त्रीक विधी अनुशार आफ्नो नगरमा चट्याङ तथा बिजुली चम्कदा हुने प्रकोप नहोस भनेर तन्त्रोक्त विधी बाट रात्री कालमा यज्ञ सहीत बिषेश पुजा  गरिन्छ । भोली पल्ट यी भुजाहरु संबन्धित स्थानहरुमा चढाएर बिसर्जन  गरिन्छ ।

यसरि लाँदा केहि भुजाहरु सर्बसाधारणले टिप्ने वा, बाल बालिकाहरुले लुछ्ने चलन पनि रहेको छ । यी घण्टाकार स्वरूपका भुजाहरु बलि भोगका लागि सम्बन्धित तान्त्रिक देवतालाई चढाउन यसरी राखिएको मानिन्छ।

 

पाटनमा आयोजना हुने हरेक जात्राले पूर्णचण्डी मन्दिर परिक्रममा गर्नै पर्ने नियम छ ।

सो मध्ये यस मन्दिरको आफ्नै जात्राहरुमा भुजा जात्रा विशेष पर्दछ । यसलाई बाेलिचालीमा “पुञ्चली भुजा” पनि भन्ने  गरिन्छ र राष्ट्रिय पञ्चाङ्ग पात्रोमा आश्वीन कृष्णपक्ष प्रतिपदाका दिन चाडपर्वमा उल्लेख समेत गरिएको पाइन्छ ।


तसर्थ राष्ट्रिय चाडपर्वहरुमा समेत गनिएको यो पर्वमा ललितपुर पाटनका बिबिध जाती, समुदाय, गुठी, बाजा(गाजा आदीको सामुदायिक कार्य सम्पादन बाट यो सम्पन्न हुने गर्दछ।

तान्त्रिक पूजा गरी भूजा भोग अर्पण गर्ने राजोपाध्याय व्राम्हण, भान्छामा भुजा पकाएर तयार गर्ने स्थानिय ज्यापु समुदाय, गुठिको रेखदेख गर्ने गाबहालका अमात्य, नायखिँ वजाउने खड्गी समुदाय आदि विविध जातिको सामुहिक कार्यहरुले यो जात्रा सम्पन्न हुने गर्दछ ।

 

वर्ष भरी दैनिक गरिने नित्यपूजा झै प्रमुख पूजा मूलपुजारी स्वामी पूर्णानन्ददेवका वंशज राजोपाध्याय व्राम्हणबाट तान्त्रिक विधिबाट हुने गर्दछ ।

अरुबेला झैं मन्दिरको रेखदेख, हेरचाह र पालो बस्ने काम स्थानिय ज्यापु समुदायबाट हुने गर्दछ ।