पृथ्वी राजमार्ग एघार घण्टापछि सञ्चालनमा आयो


Nepalkura

  • 4
    Shares

काठमाडौँ- पृथ्वी राजमार्ग अन्तर्गत घोप्टेभिरमा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । मङ्गलबार राति ११ः४५ बजे इच्छाकामना गाउँपालिका–४ मा खसेको पहिरो पन्छाएसँगै केहिबेर अघिबाट सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम आज बिहानबाटै गरिएको थियो । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लागेको प्रहरीले जनाएको छ । पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्य तर्फ लागेका छन् ।