मन्त्री नियुक्तिमा पार्टीभित्र छलफल नगरेको भन्दै पौडेल पक्ष असन्तुष्टः बैठक बाेलाइयाे


Nepalkura

  • 4
    Shares

काठमाडौं –  प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी मन्त्री नियुक्त गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका छन् । उनले पार्टीमा छलफलपछि मात्रै सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गर्नुपर्ने बताएका छन ।

मन्त्री नियुक्तिमा प्रधानमन्त्री देउवाले एकलौटी गर्न खोजेको भन्दै आफूपक्षीय नेताहरुको बैठक बोलाएका छन् । बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बुधबार दिउँसो बस्ने छ ।