माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


Nepalkura

  • 4
    Shares

काठमाडौं -सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइएको छ ।

आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बस्ने गरी बैठक बस्नेछ ।

बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम आजै टुंग्याउने तयारी रहेको छ ।

यसअघि, पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिका बारेमा निर्णय गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइए पनि स्थायी कमिटी बैठकबाटै टुंगोमा पुग्न लागिएको हो ।