- 4Shares
काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष मन्त्री खड्काले शपथ लिनुभएको हो ।
समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना उपस्थित हुनुहन्थ्यो । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । पदभार ग्रहण गरेसँगै खड्का आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाँदैछन् । भ्रमणको एजेण्डामा एमसीसी प्राथमिकताको एजेण्डा नभएको उनले बताए ।
मन्त्री खड्काले महासभाबाट फर्किएपछि राजदूत नियुक्तिको थप प्रक्रिया सुरु गर्ने बताएका छन् । मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आजै संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन न्यूयोर्क जाने तयारी रहेको छ ।