बुधबार नेप्से सूचकमा उच्च अंकको बृद्धि


Nepalkura

  • 5
    Shares

काठमाडाैँ –  बुधबार नेप्से सूचक १०० अंकभन्दा धेरैले बढेर २८०० विन्दुमाथि पुगेको छ।  बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको हाे । सेन्सेटिभ इन्डेक्स पनि १९.४७ अंकले बढेको छ।

कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य बढ्दा बुधबार नेप्से सूचकमा उच्च अंकको बृद्धि देखिएको हो। यस दिन कारोबार रकममा भने केहि गिरावट देखिएको छ। मंगलबार ७ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब हाराहारीमा झरेको छ। यस दिन २१७ कम्पनीको १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँमा खरिदबिक्री भएको छ।

यस दिन उच्च दरले बढ्ने कम्पनीको शीर्ष स्थानमा बेष्ट फाइनान्स कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी र सिन्धु विकास बैंक रहेका छन्।