हाम्रो बारेमा

आजको युग सूचनाको युग हाे  । सूचना प्रविधिले फड्को मारेसँगै पत्रकारिताको आयामहरु पनि फराकिलो बन्दै गएका छन् । पत्रकारिता चेतनाको ज्योती जगाउने अस्त्र हो भन्ने यथार्थबोध गर्दै समय सापेक्ष प्रविधिको प्रयोगबाट नेपाल कुरा मिडिया प्रा.लि. www.nepalkura.com नामक न्युज पोर्टल आम नेपालीमाझ पस्केका छाैं । नेपाल कुरा न्यूज पोर्टल सत्य र निष्पक्ष समाचार तथा स्वतन्त्र विचारमा आधारित आमसञ्चारको माध्यम हो । यही नै हाम्रो एक मात्र लक्ष्य हो । त्यसैले हामीले जनताका नैसर्गिक अधिकार, विचार र अभिव्यक्ति स्वतन्त्राको रक्षाका लागि कुनै पनि शक्तिसँग कहिल्यै सम्झौता नगर्ने प्रण गरेका छौं ।

 

आज सूचना प्रविधिको भीडमा ‘फेक न्युज’को बाढीले सिंगो पत्रकारिता जगतमाथि प्रश्न चिन्ह खडा गरिदिएको छ । यो प्रश्नलाई चिर्ने पनि हाम्रो अनवरत प्रयत्न रहनेछ । सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत सबै राजनीतिक दल, हरेक क्षेत्र, हरेक व्यक्ति र समाजका हरेक पक्षलाई गुण र दोषका आधारमा समर्थन र आलोचना दुवै समानान्तररुपमा अघि बढाउनु नेपाल कुराको विशेषता हो ।

 

जनजीवनका दैनिक समस्या हाम्रा प्राथमिक चासोका विषय हुन् । राज्यलाई नागरिकप्रति जनउत्तरदायी बनाउन घच्घच्याउनु हाम्रो जिम्मेवारी हाे  ।  नेपाल र विश्वमा भएका घटनाक्रमको ताजा जानकारी दिलाउनु र समाजमा सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक हुने जिम्मेवारी बोध हामी सदैव गर्दछौं । पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग कुनैपनि अवस्थामा सम्झौता नगरी सत्य/तथ्य, सन्तुलन र विश्वसनियताको आधारभूत सिद्धान्तलाई सदैव अंगिकार गर्न कटिवद्ध छौं । यही मान्यतामा अडिग रहेर समाचार र विचारमार्फत नागरिकलाई सु–सुचित गराउन सदैव लागि प्रतिवद्ध रहनेछाैं।

 

 

 

1 thought on “हाम्रो बारेमा

  1. Good Day

    I have just took a look on your SEO for nepalkura.com for its SEO Trend and saw that your website could use a push.

    We will improve your SEO metrics and ranks organically and safely, using only whitehat methods, while providing monthly reports and outstanding support.

    Please check our services below, we offer SEO at cheap rates.
    https://www.hilkom-digital.de/cheap-seo-packages/

    Start increasing your sales and leads with us, today!

    regards
    Mike Molligan

    Hilkom Digital Team
    support@hilkom-digital.de

Leave a Reply

Your email address will not be published. Required fields are marked *